सहमतिको सरकारलाई राजनीतिक रङ नदिन ओलीको आग्रह

164
  •  
  •  
  •  

kp-oliकाठमाडौं, ३१ जेठ (ओएनएस) :  नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ संविधान निर्माणका लागि सहमतिको सरकार बनाउन खोजिएको बताएका छन् । उनले विपद व्यवस्थापनका लागि एकता प्रदर्शन गर्न बनाइन लागिएको राष्ट्रिय सहमतिको सरकारलाई राजनीतिक रंग दिन नहुने पनि बताए ।

काठमाडौंको बसन्तपुर क्षेत्रमा एमाले स्वयंसेवकहरुले थालेको सफाई अभियानको आरम्भ गर्दै अध्यक्ष ओलीले कामलाई योजना अनुसार अघि बढाउन र सबैको सहमतिका साथ अघि बढ्न सहमतिको सरकार बनाउन खोजिएको बताए ।

अध्यक्ष ओली अस्थायी पुनर्वासका लागि सरकारले प्रयाप्त काम गर्न भने नसकेको बताए । ‘अस्थायी बासका काम काम अझै पर्याप्त छैनन’ उनले भने, ‘त्यसमा लागि सबै पक्षको सहयोग आवश्यक पर्छ’ एमाले अहिले त्यसकै अाियनमा छ।

सफाई अभियानमा एमाले नेता माधव नेपाल, महासचिव इश्वर पोखरेल लगायतका नेता कार्यकर्ताको सहभागिता थियो । ओली सहितका नेताहरुले हातका कुचोसहित सरसफाई अभियान सुरु गरेका थिए ।


  •  
  •  
  •