‘एमाले विभाजन गर्ने शक्ति केन्द्रहरुको ग्रयाण्ड डिजाईन ’

189
  •  
  •  
  •  

yogeshकाठमाडौं १३ चैत (ओएनएस) : नेकपा एमालेले एमाले विभाजन गर्न ठूलो शक्ति नै लागेको दावी गरेको छ । जातिय संघीयता चाहाने पक्षधरलाई साथमा मिलेर ठूलो शक्ति नै एमाले विभाजनमा लागेको पार्टीको निस्कर्ष रहेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

पार्टी निकट एमाले पत्रकारहरुसँगको जमघटमा सचिव भट्टराईले एमालेले जातिय संघीयताका विपक्षमा आवाज उठाएका कारण नै एमालेलाई विभाजन गर्न बाह्यशक्तिहरु लागेको बताए । त्यस विषयमा पार्टीमा छलफल भइसकेको पनि उनले जानकारी दिए ।

पार्टीको प्रचार विभाग प्रमुख भएपछि एमाले निकटस्थ पत्रकारहरुसँग भएको पहिलो कार्यक्रममा उनले पार्टी फुटाउन ग्राइन डिजाईन भएको दावी गरे । उनले एमाले विभाजन गर्ने रिपोर्ट नै तयार भएकबो बताए ।

‘एमालेले स्थापित ढंगले जातिय संघियताको कुरा उठाएको एमालेकै कारण जातिय संघियता असफल हुँदै गएको एकथरीको निस्कर्ष छ ’ सचिव भट्टराईले भने ‘एमाले विभाजन गराएपछि मात्रै उत्तर–दक्षिणको कुरा हुन्छ, जातिय संघियतामा जान पाइन्छ भन्ने अन्तर्राष्ट्रिय जासुसी एजेन्सीले रिपोर्ट तयार गरेका छन् ।’

पछिल्लो पटक नेकपा एमालेले जातिय संघीयताका विषयमा बहस समेत गर्न चाहेको छैन । विपक्षी मोर्चाले पनि एमालेका कारण नै संघियताका विषयमा कुरा नमिलेको आरोप लगाइरहेको छ । एमालेले इतिहास, भूगोल सास्कृतिकसहित पहिचानको र सामथ्र्यलाई आधार बनाउनुपर्ने बताइरहेको छ ।


  •  
  •  
  •