एमाले प्रतिनिधिलाई ल्यापटप ब्यागमा टुथ ब्रस

387
  •  
  •  
  •  

काठमाडौं, २० असार (ओएनएस) । नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधिलाई ल्यापटप ब्यागमा उनीहरुलाई दैनिक प्रयोगमा आउन सामानको व्यवस्था गरेको छ ।
व्यागमा राजनीतिक दस्तावेज, टुथ ब्रस, रुमाल लगायत राखिएका छन् ।

बिगत अधिवेशनमा बक्स ब्याग दिने व्यबस्था गरिए पनि यसपटक एमालेले आधुनिक ब्याग उपलव्ध गराएको हो । ‘हाइटेक’ महाधिवेशन भनेर प्रचारित एमाले महाधिवेश स्थलमा उच्च क्षमताको इन्टरनेट सेवा र वाइफाइ सेवा उपलव्ध गराइएको छ । प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीले प्रतिनिधिको सझिलोका लागि ल्यापटप ब्यागको व्यवस्था गरिएको बताए । ‘नेकपा एमालेको उल्लेख्य पंक्ति ल्यापपट बोक्छन, उनिहरुलाइ दैनिक प्रयोगमा आओस भनेर ल्यापटप व्याग दिइएको हो’, उनले भने, ‘ल्यापटप अब दैनिक आवस्यकता जस्तै बन्यो ।’


  •  
  •  
  •