एमाओवादी केन्द्रीय समिति बैठक बस्दै

143
  •  
  •  
  •  

काठमाडौं १७ माघ (ओएनएस) : आन्दोलन र भावी रणनीतिका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज फेरि बस्दैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको मौखिक बुदागत प्रंस्तावमा रहेर छलफल हुनेछ । अस्ति शुरु भएको बैठक हिजो स्थगित भएर आज फेरि बस्न लागेको हो ।

सहमतिबाट संविधान नबन्ने निष्कर्ष निकालेको माओवादीले अबको आन्दोलन, संविधान निर्माण प्रक्रिया र पार्टीले उठाएको मुद्दालगायतका विषयमा छलफल हुने स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

साथै प्रक्रियामा जाने सत्तापक्षको विरोधमा घोषणा गरिएको आन्दोलनलाई सशक्त बनाउने र केन्द्रीय नेताहरुलाई जिल्लामा पठाउने तयारीका विषयमा पनि छलफल हुने जनाइएको छ ।


  •  
  •  
  •