एमाले स्थायी कमिटी बैठक शनिबार बस्ने, पार्टी एकता र महाधिवेशनबारे छलफल हुने

89
  •  
  •  
  •  


काठमाडौं । नेकपा एमालेले स्थायी समितिको बैठक शनिबार बस्ने भएको छ । शनिबार दिउँसो बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको महासचिव ईश्‍वर पोखरेलले जानकारी दिए । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेले बैठकबारे जानकारी दिएका हुन् ।
पार्टीको विधान अधिवेशन,आगामी महाधिवेशन,माधव गुटसँगको एकता लगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो ।

एमालेले आज साउन १५ को अवसरमा पार्टी कार्यालयमा खीर खाने कार्यक्रम राखेको थियो । कार्यक्रममा माधव पक्ष भने सहभागी भएका थिएनन् ।


  •  
  •  
  •