एमालेमा स्थायी समिति र पोलिटब्युरो चुनाव गर्नेमा विवाद

266
  •  
  •  
  •  

काठमाडौं २५ मंसिर (ओएनएस) :  नेकपा एमालेमा विधान विवाद चर्किएको छ । विधानका विषयमा विवाद मिलाउन केन्द्रीय समितिको बैठक बस्दैछ । विधान अनुसार पोलिटब्युरो र स्थायी समिति चयन हुने भएकाले विवादमा विवाद चर्किएको हो ।  केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।  केन्द्रीय कमिटी अघि पदाधिकारी बैठक बस्दैछ ।  पोलिटब्युरो र स्थायी समितिमा क-कसलाई र कुन पक्षका कति व्यक्तिलाई राख्ने भन्नेमा ओली र नेपाल पक्षबीच विवाद छ। केन्द्रीय समितिमा आफ्नो बहुमत भएकाले पोलिटब्युरोमा पनि उनले बहुमत बनाउन खोजेका छन्।

नेपाल समूहले पनि आपmनो उपस्थिति बलियो बनाउन खोजेको छ। हिजो र अस्तिका बैठक अध्यक्ष केपी शर्मा ओलीकहो मन्तब्यमा समिति रहेकाले आज एजेण्डामा प्रवेश गर्ने नेताहरुले बताएका छन् । भोलि निर्वाचन गर्ने तयारी छ । तर नेपाल पक्षले पनि असन्तुष्टि पनि जनाएका छन् ।

अघिल्लो बैठकमा नेता माधव नेपालले अघि सारेको सात बुँदे असहमतिलाई कसरी सम्बोधन गर्ने र स्थायी समिति, पोलिटब्युरो कुन विधिबाट चयन गर्ने भन्नेमा नेताहरूबीच विवाद छ । नेता नेपालले ओलीको कार्यशैली र निर्णयहरूमाथि प्रश्न उठाउँदै लिखित असहमति पेस गरेका गरेका थिए ।


  •  
  •  
  •