पोलिटब्युरो र स्थायी समिति चयनमा एमालेमा सहमति खोजिदै

210
  •  
  •  
  •  

cpn-uml-central-committeकाठमाडौं २६ मंसिर (ओएनएस) :  नेकपा एमालेले सहमतिका आधारमा स्थायी समिति र पोलिटब्युरो चय गर्ने भएको छ । विवादका कारण अल्झिइरहेको एमालेको पोलिट ब्यूरो र स्थायी समिति गठन प्रक्रिया आजबाट सुरु हुनेछ । पदाधिकारी बैठकमा सहमति भए प्रक्रियाका आधारमा सहमति खोज्ने नभए चुनावी प्रक्रियाबाट टुङ्गो लगाइने ।  महाधिवेशन सकिएको पाँच महिना वितिसक्दा पनि पोलिट ब्यूरो सदस्यको योग्यता लगायतका बिषयको विवादले गठन हुन सकेको थिएन ।

पोलिटब्युरो सदस्यको मापदण्डबारे विधानको धारा–३८ लाई लिएर देखिएको विवाद समाधानका लागि दुई सदस्यीय कार्यदल गठन गरी सहमतिमा स्थायी समिति र पोलिटब्युरो गठन गर्ने पदाधिकारी बैठकको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । कार्यदलमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेल छन् । विधान विवाद चर्किएकाले समाधानका लागि कार्यदललाई सत्यतथ्य छानबिन गरी निष्कर्षसहित समाधानका लागि सुझाव पेस गर्ने कार्यदेश दिइएको छ ।

कार्यदलको सुझावबारे पदाधिकारी र केन्द्रीय कमिटीबाट निर्णय गरेपछि पोलिटब्युरो र स्थायी समिति गठन गर्ने सहमति भएको छ । एक कार्यकाल केन्द्रीय सदस्य भएका व्यक्ति पोलिटब्युरोका लागि योग्य हुने व्यवस्था रहेको विधान प्रकाशित भएकोमा नेपाल पक्षले एक कार्यकाल पूर्ण सदस्य भएको व्यक्ति हुनुपर्नेमा अन्यथा भएको भन्दै असहमति जनाउँदै आएको थियो ।

कार्यदललाई सत्य, तथ्य छानबिनका लागि विधान पारित हु“दाको अडियो, भिडियो र माइन्युटिङसमेत हेर्ने अधिकार दिइएको छ ।

अध्यक्ष ओलीले पदाधिकारी बैठकमा नेता नेपालसहित उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, सचिवद्वय योगेश भट्टराई र भीम आचार्य तथा केन्द्रीय सदस्य कर्ण थापाले राखेको असहमतिपत्रसमेत सम्बोधन हुने गरी जवाफ दिएका छन् । एमालेमा १ सय ६१ सदस्यीय केन्द्रीय कमिटीको विधानतः एक तिहाइ संख्याको अर्थात् ५४ सदस्यीय पोलिटब्युरो गठन हुनेछ । १५ सदस्य पदाधिकारीबाहेक ३९ जना चुनावी प्रक्रियाबाट चुनिनेछन् । तीमध्ये १८ जना वैकल्पिक पोलिटब्युरो सदस्य हुनेछन् ।


  •  
  •  
  •