पूर्वी युक्रेनमा दुईवटा मिसाइल आक्रमण, कम्तीमा ६० रुसी सेनाको मृत्यु

94
  •  
  •  
  •  

एजेन्सी । पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल प्रहार हुँदा कम्तीमा ६० रुसी सेनाको मृत्यु भएको छ । डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।

एक रुसी अधिकारीले आक्रमण भएको पुष्टि गरे पनि समाचारमा आएजस्तो डरलाग्दो प्रहार नभएको प्रतिक्रिया दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई भेट्नुभन्दा केही घण्टाअघि आक्रमण भएको बताइएको छ । तर दुई नेताबीच पछिल्लो मिसाइल आक्रमणका विषयमा छलफल नभएको बीबीसीले जनाएको छ ।

दुई शीर्ष नेताको बैठकमा, रक्षामन्त्री शोइगुले फ्रन्ट लाइनका धेरै क्षेत्रमा रूसी सफलताका बारेमा वर्णन गरेका थिए । डोनेट्स्क क्षेत्रमा भएको घटनाको विषयमा भने रक्षामन्त्रीले कुनै उल्लेख नगरेको समाचारमा उल्लेख छ ।

 


  •  
  •  
  •