रूसले प्रयोग गरेन भिटो, मलेसियायी विमान दुर्घटनाबारे छानविन हुने

191
  •  
  •  
  •  

काठमाडौ, ६ साउन । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मलेसिया एयरलाइन्स दुर्घटनाका जाँचकर्ताहरूलाई दुर्घटना स्थलमा बिना रोकतोक जानका लागि तयार पारेको प्रस्ताव पारित गरेको छ ।

अष्ट्रेलियामार्फत पेश गरिएको प्रस्तावमा माग गरिएको छ की त्यहाँ रहेका हतियार बन्द गिरोह अर्थात् विद्रोहीले दुर्घटनास्थलमा केही पनि नोक्सान नगरून् । अष्ट्रेलियाका विदेश मन्त्री जूली बिशपले भनेका छन्, ‘प्रस्तावमा अन्तराष्ट्रिय स्तरको स्वतन्त्र जाँचको माग गरिएको छ । हामीसँग यसको जवाफ हुनु जरूरी हुन्छ । हामीले न्याय पाउनुपर्छ ।’ उनले थपे, ‘यो दुर्घटनाबाट प्रभावित भएकाहरूप्रति हाम्रो जिम्मेदारी हो । हामीले यो पत्ता लगाउनु छ की यस घटनाका लागि को जिम्मेदार छ ।’

ukraine-black-boxes-handoverयस प्रस्तावमा रूसले विरोध गर्ने र भिटो प्रयोग गर्ने सम्भावना रहेको बताइँदै आएको थियो । तर रूसले उक्त प्रस्तावको स्वागत गरेको छ । रूसले यसरी उक्त प्रस्तावलाई स्वागत गरेपछि दुर्घटनाबारे जाँच गर्नका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उक्त दुर्घटनाको जाँच गर्न पाउने भएको छ ।

रूसले यसअघिको प्रस्तावमा आनाकानी गरेको थियो । प्रस्तावमा भएका शब्दमा रूसले विरोध गरेको थियो । तर, संयुक्त राष्ट्रसंघमा रूसका राजदुत विटाली चुरकिनले यस घटनामा कुनै पनि विषयलाई रूसले कुनै पूर्वाग्रह नराख्ने बताएका छन् । तर, रूसका रक्षा मन्त्रालयका लेफ्टिनेन्ट जनरल आन्र्दे कोरपोलोवले रूसको एयर ट्राफीक नियन्त्रणले युक्रेनको एक लडाकु विमानलाई मलेसियाली बोइङ्ग गइरहेको तर्फ जाँदै गरेको देखेको आरोप लगाएका छन् । उनले दुबै विमानको बीचमा करिब ३ देखी ५ किलोमिटरको दूरीमा थियो ।

उनले उक्त विमानले १२ किलोमिटरको दूरीबाट निशाना लगाउन सकिन्छ । यस बीचमा रूस समर्थित लडाकुले सोमबार बेलुकाको दुर्घटनाग्रस्त विमान एमएच१७ को दुई फ्लाइट रिकर्डर मलेसियाई अधिकारीलाई बुझाइएको छ । युक्रेनका विद्रोहीहरूले दुर्घटनास्थलस्थलको १० किलोमिटर वरपर युद्धविरामको घोषणा गरेको छ ।


  •  
  •  
  •