एक साताभित्र उखु किसानको भुक्तानी गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन

452
  •  
  •  
  •  

काठमाडौं । संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिनभित्र उखु किसानको भुक्तानी गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिनभित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।  समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उखु किसानलाई सात दिनभित्र भुक्तानी गराउने काम सम्पन्न गरी त्यसको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

यस्तै, समितिको बैठकले देशभरका श्रमिकहरूले पारिश्रमिक पाए-नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्र समितिमा प्रतिवेदन पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पनि निर्देशन दिएको छ।


  •  
  •  
  •