उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

77
  •  
  •  
  •  

फाइल फोटो

काठमाडौं । उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता कार्यान्वयन नभएपछि उखु किसानले बिहीबार पुन आन्दोलन घोषणा गरेका हुन् ।

आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ । त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी दिएको जनाएको छ । बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको बताएपनि आफुहरुले रकम नपाएको किसानहरुको भनाइ छ ।

किसान संघर्ष समितिले उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने जनाएको छ । सरकार र उखु किसानबीच भएको सम्झौताअनुसार ६६ करोड बक्यौता उठ्नुपर्ने भएपनि ४३ करोड ९७ लाख मात्रै उठेको गृहको तथ्यांक छ ।


  •  
  •  
  •