सरकार र आन्दोलतरत उखु किसानबीच चार बुँदे सहमति

504
  •  
  •  
  •  

काठमाडौं । आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगित गर्न किसान प्रतिनिधि तयार भएका छन् । मन्त्रालयका अनुसार किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको हो ।


  •  
  •  
  •