बेलायतले युरोपेली युनियन छाड्ने

879
  •  
  •  
  •  

UK-flagकाठमाडौँ, १० असार(एजेन्सी) : बेलायतले युरोपेली युनियन(इयु) छाड्ने भएको छ । बेलायतमा भएको जनमत संग्रहले इयु छोड्नुपर्ने पक्षमा मत प्रस्तुत गरेपछि बेलायतले इयु छाड्ने निश्चित भएको हो ।

बेलायतले इयु छाडने भएपछि दोस्रो विश्वयुद्धपछि बनेको युरोपका २८ देशको एकतामा गम्भिर झड्का लाग्ने भएको छ ।

बेलायतका नागरिकहरू जसले बेलायत इयुबाट छुट्टियोस् भन्ने चाहेका छन्, उनीहरूले ईयु आफ्नो मुल सिद्धान्तबाट अलग्गिएको छ र त्यहाँ प्रजातन्त्र नै संकटमा परेको भनाई राखेका छन् । उनीहरूले ईयुबाट निस्केपछि बेलायतले आफ्नो सम्प्रभुतालाई कायम राख्न सक्ने छ । यसका साथै बसाईसराईमा पनि नियन्त्रणमा गर्न सकिनेछ ।

पछिल्लो निर्वाचनमा डेभिड क्यामरुनले आफ्नो जन्जरभेटिभ पार्टी र एन्टी‍ईयु मतदाताहरूलाई सन् २०१७ को अन्त्यसम्म ब्रेक्सिटका लागि रेफरेन्डम गराउने बचन दिएका थिए । तर, जो मानिसहरू ब्रेक्सिट चाहँदैनन्, उनीहरूले ईयुमा रहिरहँदा शान्ति र स्थायीत्व कायम रहने विश्वास राखेका छन् ।

बेलायतका मुख्य शहरहरू बेसिलडन, साउथ टायनेसाइड, ब्रोक्सबर्नमा ईयु छाड्ने पक्षमा बहुमत रहेको छ भने लण्डन, वेष्ट इनबार्टनशायर, इलियन सीअर, शेटल्याण्ड, ओर्कनी आइल्याण्ड, जिब्राल्टरलगायतका शहरहरूमा भने ईयुमा रहिरहनु पर्ने पक्षमा बहुमत देखिएको छ ।


  •  
  •  
  •