युद्धकालमा १६ हजारको ज्यान जाँदा के गर्दै थिए बेलायती जासुस नेपालमा ?

296
  •  
  •  
  •  

mi6-british-spyकाठमाडौ, १७ भदौ : नेपालको १० वर्षीय युद्धकालमा भएका घटनाहरूबारे बेलायती जासुसहरूले गरेको जासुसीलाई लिएर एउटा पुस्तक प्रकाशित गरिएको छ । युके स्पाई रोल इन नेपालु नामक पुस्तकमा युद्धकालमा भएका यातना तथा हत्याका घटनाहरूबारे जानकारी दिइएको छ ।

एमआई ६ का एजेन्टहरूले नेपालमा हुने कैदीलाई दिइने यातना र हत्याका घटनाहरूबारे अपरेशन मुस्ताङका नाममा अनुसन्धान तथा जासुसी गरेका थिए । उनीहरुले यस मिसनलाई सन् २००२ देखि २००६ सम्म नेपालमा सञ्चालन गरेका थिए ।

पत्रकार थोमस बेल जो उक्त समयमा काठमाडौमा बसेर रिपोर्टिङ गरिरहेका थिए, उनले बेलायती सरकारले नेपाल सरकारलाई राजसंस्था फ्याक्न र गणतन्त्र स्थापनाका लागि लडिरहेका माओवादीविरूद्ध लड्न र उनीहरूलाई पक्राउ गर्नका लागि तालिम तथा हतियार समेत प्रदान गरेको बताएका छन् ।

१० बर्षे जनयुद्ध २००६ नोभेम्बरमा सकिएको थियो । तर जनयुद्धको घाउ भने जस्ताको तस्तै छ । अझैपनि युद्धका दौरानमा १२ सय नेपाली हराईरहेकाछन् । नेपाली खुफिया अधिकृतका अनुसार, बेलायती सरकारले नेपाली जासुसी संस्थालाई आर्थिक र प्रयोगात्मक सहयोग पुर्याएको थियो । राष्टिय अन्वेशन संस्थाले माओबादीको बढ्दो धक्कीको सामना गरिरहेको थियो । साधूराम देवकोटा उनीहरूमध्ये एक हुन्, जो काठमाडौमा सन् २००४ मा पक्राउ परेका थिए ।

‘मेरो विचारमा बेलायतले नेपालको राष्ट्रिय अन्वेषक संस्थालाई निकै सघाएको थियो।’, सेनाका एकजना प्रमुख अधिकृतले अन्तवार्ता दिदै भनेका छन् । अर्का अधिकृतका अनुसार बेलायतले नेपाली अन्वेषक संस्थालाई सघायो र हामीलाई विचलित हुन दिएन ।

नेपालका एक इन्टिलिजेन्स अधिकारीका अनुसार बेलायती इन्टेलिजेन्सले माओवादीसँग लड्नका लागि नेपालको जासुसी संस्थालाई पैसा र तालिम दिएको थियो । उनले पुस्तकका लागि लिइएको एक अन्तरवार्ताका क्रममा भने, ‘मलाई लाग्छ बेलायतीले नेपालको जासुसी संस्थालाई निकै धेरै सहयोग गरेका छन् ।’

यस्तै, अर्का एक अधिकारीले बेलायतीले नेपालको इन्टिलिजेन्सलाई व्यवस्थापन गर्नका लागि निकै सहयोग गरे र यसले निकै राम्रो काम गरेको थियो ।

पक्राउ परेका धेरै माओवादीहरू हिरासतमा रहेकै अवस्थामा दिइएको यातनाका कारण ज्यान गुमाउन पुगेको विषय उक्त पुस्तकमा समावेश गरिएको छ र यसरी पक्राउ परेका धेरै माओवादी लडाकुलाई अनुसन्धानका लागि भन्दै शाही नेपाली सेनाको जिम्मा लगाइएको थियो ।

नेपाली सेनाको भैरवनाथ गणमा सन् २००३ मा यातनाका कारण ४९ जना भन्दा धेरै मानिसले ज्यान गुमाएको संयुक्त राष्ट्र संघको एक रिपोर्टमा भनिएको छ । सेनाका अधिकारीले पुस्तकका लागि अन्तवार्ता दिदै भनेका छन्, ‘युद्धका दौरानमा समातिएका माओवादी कार्यकर्तालाई कि त मानसिक यातना दिनुपर्ने या मार्नुपर्छ भन्नेमा हामी सचेत छौं । नेपाली सेनालाई हौसाउदै आएको बेलायतलाई मानवअधिकारको पालना गनुपर्नेमा सचेत थियो तर पनि माओवादी कार्यकर्तालाई सेनाले कस्तो व्यवहार गर्दैछ भन्नेमा भने जानकारी थियो ।’

त्यही समयमा नेपाली सुरक्षा परिषदले गरेका गतिबिधीबारे एमनेष्टी इन्टरन्यासनल लगायतका मानवअधिकारवादी संस्थाले सार्वजनिक बहस चलाउनुका साथै तालिमको व्यवस्था समेत गरेको कुरा पुस्तकमा उल्लेख गरिएको छ । सुरक्षा परिषदको सहयोगार्थ दर्जनौ मोटरसाइकल, मोबाइल फोन, अध्यारोमा बाटो पत्ता लगाउने उपकरण, कम्प्युटर, क्यामरा, रेडियो, फ्रिज लगायतका अत्याधुनिक फर्निचरको व्यवस्थासमेत गरेको थियो ।

बेलायती सहयोगमा उपलब्ध पैसाले काठमाडौं स्थित तिनओटा घरमा सुरक्षित रेडियो नेटवर्क मार्फत सुचना उपलब्ध गराउदै आएको थियो । ती अत्याधुनिक उपकरणहरू पछि आर्मीले नै चोरेर बिपक्षी जासुसी संस्थालाई बेचेको हुनसक्ने पुस्तकमा उल्लेख गरिएको छ । नेपाल सरकारले बेलायती सरकारले दिदै आएको सहयोगको भरपुर फाईदा उठाएपनि पुर्वराजा ज्ञानेन्द्रले सत्ता हत्याउने प्रयासमा भने बेलायतले खुलेर सहयोग दिएन । २००५ फेब्रोररीमा बेलायती सरकारको एमआइ ६ मिसनले बेलायती सरकारलाई नै चकित पार्दे नेपालमा कार्गो प्लेन मार्फत हातहतियारको पुर्याउने काम गरेको थियो । बेलायती फरेन एण्ड कमनवयल्थ अफिसका अनुसार, ‘बेलायतले नेपाली अन्वेषक संस्थाको कार्यबारे चासो राखेको भएतापनी मानवअधिकारी विरोधी गतिविधी, हिंसा, मानसिक यातना लगायतका गैरकानुनी क्रियाकलापमा संलग्नता जनाएको थिएन ।’

बेल, एक बेलायती पत्रकार हुन् । उनी नेपालमा १२ बिताएका थिए । त्यसमा पनि ४ बर्ष त पुस्तक लेखनका क्रममा अनुसन्धान गरेर नै बिताए । यो पुस्तक रेन्डम हाउस इन साउथ एसियाले प्रकाशनमा ल्याएको हो ।

थोमस बेलद्धारा लिखीत युके स्पाई रोल इन नेपालमा आधारित


  •  
  •  
  •