काठमाडौं । बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्स छनोट भएका छन्। अन्तर्वार्तामा सहभागी भएका ६० जना नर्समध्ये ४५ जना छनोट भएका हुन्।
मंसिर १८ देखि २१ गतेसम्म भएको अन्तर्वार्ताबाट ४५ जना पास भएका हुन्। अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो। त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेसन ट्रष्टका नर्सहरूले आमनेसामने अन्तर्वार्ता दिएका थिए। त्यहीँबाट ४५ जना सफल भएको घोषणा गरिएको विभागले जनाएको छ।