
एजेन्सी । बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ।
बर्मिङ्घम सिटी काउन्सिलले धारा ११४ लागू गर्दै अत्यावश्यक बाहेकका खर्चमा रोक लगाउँदै आर्थिक संकटको घोषणा गरेको छ।
समाचार एजेन्सी डेली मेलका अनुसार बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा सबै अनावश्यक खर्च बन्द गर्दै टाट पल्टिएको घोषणा गरेको हो।
बर्मिङ्घम सिटी काउन्सिलसँग भएका सबै वित्तिय स्रोतसाधन समाप्त भएका कारण आवश्यक बाहेकका सबै सेवा ठप्प गरिएको काउन्सिलले बताएको छ।
आर्थिक वर्ष २०२३-२४ मा बर्मिङ्घमलाई ८७ मिलियन पाउन्ड अर्थात् १४ अर्ब ५२ करोडभन्दा बढी घाटा हुने अनुमान गरिएको छ।
बेलायतको सबैभन्दा ठूलो बहुसांस्कृतिक सहरको रुपमा रहेको बर्मिङ्घममा विश्वभर देखिएको आर्थिक सङ्कटको प्रभाव देखिएपछि त्यहाँका नागरिक समस्यामा परेका छन्।