बेलायतमा जुन एक तारिखबाट घरेलु खेलकुद प्रतियोगिता सुचारु गर्न अनुमति

77
  •  
  •  
  •  

एजेन्सी । बेलायत सरकारले जुन एक तारिखबाट घरेलु खेलकुद प्रतियोगिता सुचारु गर्न अनुमति दिएको छ । संस्कृती मन्त्रालयका सचिव ओलिभर डोडेनले अर्को महिनाबाट घरेलु खेलकुद प्रतियोगिता सुचारु गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए ।

जसमा बेलायतमा कोरोना भाइरपछि पहिलो प्रतियोगिता जुन ६ तारिखमा २००० जिनियस स्टेक्स हुनेछ । जुन टेलिभिजनमा नि:शुल्क प्रशारण हुनेछ ।

यस्तै घोडचडि रेसपनि न्यूक्यासलमा त्यहि साता शुरु हुनेछ । बेलायतमा हुने सबै प्रतियोगिताहरुमा दर्शकको उपस्थितीलाई निषेध गरिएको छ । केहि दिन अगाडी प्रिमियर लिग जुन १७ तारिखबाट सुचारु हुने तय भइसकेको छ । जसमा पहिलो खेलमा म्यानचेस्टर सिटी र आर्सनल खेल्ने पक्का भइसकेको छ ।

अब प्रतियोगिता सुचारु हुनुभन्दा अगाडी बेलायत सरकारका पदाधिकारीले संस्कृती, सञ्चार र खेलकुदका पदाधिकारीसँग अन्तिम छलफल गर्नेछन । यस्तै उनीहरुले पब्लिक हेल्थ अफ इंग्ल्याण्डसँग पनि छलफल गर्नेछ ।

कुनैपनि प्रतियोगिता हुँदा खेलाडी, स्टाफ, अफिसियल र मिडियापर्सनहरु ब्यक्तिगत रुपमा नै प्रतियोगितास्थल पुग्नेछन । उनीहरुको कोरोना लक्षणका विषयमा मैदान प्रवेश गर्नु अगाडी परिक्षण गरिनेछ ।

बेलायतमा हालसम्म २ लाख ७४ हजार २ सय १९ जना संक्रमित भएका छन् । ३८ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ८७ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •