अँध्यारो-उज्यालो

428
  •  
  •  
  •  

तिमिले उज्यालो रोज्यौँ
ठिकै छ
म अँध्यारो स्वीकारुँला
यो उज्यालो

अध्यारोको द्वन्द्वमा

अँध्यारोकै पक्षमा लडुला

अँध्यारो जिवनको अनिवार्य पाटो हो
अँध्यारोले रङ्ग, वर्ण, लिङ्ग, जाती हेर्दैन
उज्यालोले शासकलाई देख्छ
कोदालेलाई देख्दैन
मुस्कानमा उज्यालो आउँला

तर
आँसुले अपनत्व अँध्यारैमा भेट्छ

अँध्यारो संघर्ष हो
सायद
उज्यालो एउटा भ्रम मात्र….
त्यसैले त !
उज्यालोमा ताराहरु चम्किदैन
अँध्यारो बुझाउन कहिले बुद्ध भेटिन्छन्
कहिले अब्राहम
कहिले माक्सिम
अँध्यारैमा त देखिन्छ
बृहस्पति खै ?
उज्यालोलाई स्पष्ट हुन्छ भनौ कसरी ?
एउटा असल मित्र अँध्यारोमा चिनिन्छ
आफ्ना र पराइ अँध्यारैमा छुट्टीन्छन
अँध्यारो अदृश्य छ
दृश्यमा कति अटाउँछ र ?
अदृश्यपन अथाह छ
मान्छेको मन पनि
कहाँ देखिन्छ र ?
यसर्थ
म लोभ नगरुँला
त्यो झिलिमिलिको
जो पिलिक्कै हराउँछ
निभेपछी उज्यालो
अनन्तलाई बिलाउनु त छदैछ
उहीँ अध्यारोमा


  •  
  •  
  •