कलाकार सरिता लामिछानेविरुद्ध उजुरी

450
  •  
  •  
  •  

काठमाडौं, १५ चैत(ओएनएस) : नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी कलाकार सरिता लामिछानेविरुद्ध उजुरी परेको छ ।

कलाकार संघका साधारण सदस्य सुरज आरडीले जिल्ला प्रशासन कार्यालय काठमााडौंमा लामिछानेविरुद्ध उजुरी दिएका हुन् । आगामी चैत २३ गते हुँदैछ । कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै उनले लामिछानेविरुद्ध उजुरी दिएका हुन् ।

आरडीले कलाकार लामिछानेमाथि २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् । कलाकार विधानमा भने ५ वटा फिल्म अभियन गर्नुपर्ने प्रावधान राखिको छ ।
थोरै फिल्म खेलेर पनि कलाकार संघमा बढी चलखेल गर्नेले गर्दा धेरै फिल्म खेलेका कलाकारहरु पछि परेको अरोप आरडीले लगाए । उजुरीका विषयमा आफुलाई पनि जानकारी भएको कलाकार लामिछाने बताइन् ।


  •  
  •  
  •