जितका लागि नेपाललाई १ सय ४७ रनको विजय लक्ष्य

174
  •  
  •  
  •  

icc_league_division_2काठमाडौ, ३ माघ(ओएसएस) : आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो पहिलो खेलमा नेपालले जितका लागि १ सय ४७ रनको विजय लक्ष्य पाएको छ ।

नामिबियाको एफिज पार्कमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको युगान्डाले निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी रहँदा आफ्ना सबै विकेट गुमाउँदै १ सय ४६ रन जोडेको हो । युगाण्डाका लागि ब्रायन मासबाले सर्वाधिक ४३ रन जोडेका थिए । उनले डेभिस खरासानीसँग पाँचौ विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । यस्तै, डेभिस करासानी र अर्थुर क्योबेले समान २३-२३ रन जोडेका थिए भने रोजर मुकासाले १३ रन, अब्राम मुत्यागाबाले १० रन र ले रन जोडेका थिए ।

युगाण्डालाई उक्त स्कोरमा समेट्नका लागि कप्तान पारस खड्काले ३ विकेट लिएका थिए । यस्तै, बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिएका थिए भने शक्ति गौचनले १ विकेट लिएका थिए ।

खेलमा कप्तान पारस खड्काले ९ ओभर बलिङ गर्दै ३ मेडन लिएर  १४ रन खर्चँदै ३ विकेट लिएका छन् ।  यस्तै, बसन्तले १० ओभर बलिङ गर्दै २ मेडन लिएर १९ रन खर्चँदै २ विकेट लिएका छन् ।

नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।


  •  
  •  
  •