यूईएफए च्याम्पियन्स लिग फुटबल पुनः शुरु हुने

77
  •  
  •  
  •  

एजेन्सी । कोरोना भइरसका कारण स्थगित यूईएफए च्याम्पियन्स लिग फुटबल पुनः शुरु हुने भएको छ । लिगको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ ।

युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो । शुक्रबार सार्वजनिक भएको ‘ड्र’ अनुसार बार्सिलोना र नापोलीबीचको विजेताले चेल्सी र बायर्न म्युनिखसँगको विजेतासँग खेल्नेछन् ।

यस्तै रियल मड्रिड र म्यानचेस्टर सिटीबीचका विजेताले युभेन्ट्स र लियोनबीचका विजेतासँग खेल्नेछन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालीको एटलान्टासँग खेल्नेछ । त्यस्तै जर्मन क्लब आरबी लाइपजिगले एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

यो सिजन च्याम्पियन्स लिगको फाइनल खेल अगस्त २३ मा हुनेछ । च्याम्पियन्स लिग फुटबल भने अगस्त ७ बाट सुरु हुनेछ ।


  •  
  •  
  •