उखु किसानलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न निर्देशन

818
  •  
  •  
  •  

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले उखु किसानलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

फाइल तस्बिर

समितिको सोमबार बसेको बैठकले किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्ने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
उखुको पैसा नदिएको भन्दै आन्दोलनरत उखु किसानहरु संसदीय समितिमा उपस्थित भएर आफ्नो समस्या सुनाएका थिए ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले चिनी मिलका सञ्चालकहरु भागेको बताए ।
किसानहरुको उखुको पैसा नतिर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको र सरकारले खोजिरहेको उनले बताए ।

समितिमा उपस्थित भएका उखु किसानहरुले अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई नतिरेको बताएका छन् । त्यस्तै सरकारले दिने अनुदान समेत नपाएको र उखु मिललेसमेत उचित मुल्य नदिएको गुनासो किसानहरुको थियो ।

किसानहरुले उखुको भुक्तानी पाउनुपर्ने भन्दै किसानहरु काठमाडौं माइतिघरमण्डलामा प्रदर्शन गरिरहेका छन् ।


  •  
  •  
  •