उद्योगपती गोल्छाको निधन

674
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : गोल्छा अर्गनाइजेशनका मालिक तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ ।
गोल्छाको उपचारका क्रममा बुधबार राति भारतको चेन्नाइमा निधन भएको हो । उनको पार्थीव शरिर बिहीबार काठमाडौं ल्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

६७ वर्षीय गोल्छाको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो । पारिवारिक स्रोतका अनुसार राति साढे १२ बजे उनको निधन भएको हो । उनी एक वर्षदेखि मिर्गौलाका बिरामी थिए ।

उनी २०६४ सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिए । उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् । खाद्यान्न, सुगर मिल, हुलास जस्तापातालगायतका उद्योग उनले नै स्थापना गरेका थिए ।

यसैबीच नेपाली कांग्रेसले गोल्छाको निधनप्रति समवेदना प्रकट गरेको छ । कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपति गुमाउनुपरेको जनाइएको छ ।


  •  
  •  
  •