विकास र रोजगारी पहिलो प्राथमिकताः अर्थ राज्यमन्त्री राणा

266
  •  
  •  
  •  

ललितपुर, ५ मंसिर (ओएनएस) :
अर्थ राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । निर्वाचन प्रचारप्रसारको क्रममा गोदावरीको घरदैलो कार्यक्रममा पुगेका राणाले निर्वाचनपछि देश आर्थिक समृद्धितर्फ अग्रसर हुने बताए ।

जनताले चाहेका विकास र रोजगारी प्राथमिकतामा राखिने उनको प्रतिबद्धता थियोे । दोस्रो संविधानसभामा यस क्षेत्रबाट निर्वाचित भएर विकासका धेरै काम गरिसकेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिने बताए ।

कृषि उत्पादनतिर पहिलो कदम चालेर घर–घरमै रोजगारीको सिर्जना गरिनुपर्नेमा उनको जोड थियो । लोकतान्त्रिक गठबन्धनको विजयीले मात्र संविधानको पूर्ण कार्यान्वयन र देशले आर्थिक विकासमा फड्को मार्नसक्ने उनको दाबी थियो ।


  •  
  •  
  •