अलपत्र तीन जनाको उद्वार

180
  •  
  •  
  •  

कास्की, ६ वैशाख(ओएनएस) : कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका बोटिङ गरिरहेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

तालमा बोटिङ गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारणएक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका परेका थिए ।

सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज बस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो ।


  •  
  •  
  •