उद्धार र राहतमा खट्न सभापति देउवाको निर्देशन

756
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खट्न निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाल ट्विट मार्फत देउवाले बारा–पर्सामा हावाहुरीबाट प्रभावितहरूको उद्धारमा खट्न निर्देशन दिएका हुन् ।

सामाजिक सञ्जाल ट्विटमा देउवाले लेखेका छन्, ‘नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’

पूर्व प्रधानमन्त्री देउवाले घाइतेहरूको उपचारमा तादरुकता देखाउन पनि सरकारलाई आग्रह गरेका छन् ।


  •  
  •  
  •