विदेशमा अलपत्र एक लाख ३७ हजारबढी नेपालीको उद्धार

65
  •  
  •  
  •  

काठमाडौं । सरकारले कोरोनाका कारण विदेशमा समस्यामा परेका एक लाख ३७ हजार बढी नेपालीको उद्धार गरेका छ ।

पछिल्लो विवरण अनुसार एक लाख ३७ हजार ४ सय ४२ नेपालीको उद्धार भएको हो । उनीहरुलाई विभिन्न ६० देशबाट उद्धार गरिएको छ । तीमध्ये सबैभन्दा बढी यूएईबाट ४० हजार ६ सय १२ जना स्वदेश फर्किएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्याङ्कमा उल्लेख छ । त्यस्तै कतारबाट २६ हजार ७ सय ६० जना स्वदेश फर्किएका छन् ।

मलेसियाबाट १८ हजार ९ सय ३३ जना र साउदीबाट १८ हजार ८ सय ९५ जना स्वदेश फर्किएका छन् । सीसीएमसीले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ ।


  •  
  •  
  •