भारतीय कोठीबाट सात नेपाली महिलाको उद्धार

61
  •  
  •  
  •  

काठमाडौं । भारतको आसामस्थित एक कोठीबाट चार जना बालिकासहित सातजना नेपाली महिलाको उद्धार गरिएको छ ।
मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा भारत प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको बोठीबाट उनीहरुको उद्धार गरेको हो ।

फाइल तस्बिर

सिल्चारको सो कोठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो ।

दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरीसहित पुगेर सोमवार साँझ सात जना नेपाली महिलाको उद्धार गरिएको हो । उद्दार गरिएकामध्ये तीन जना २० वर्ष मुनिका रहेको र चार जना बालिकाहरु रहेको शक्ति समूहले जनाएको छ ।

गत जुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्धार गरिएको थियो । उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको थियो ।


  •  
  •  
  •