बैंककबाट १० नेपालीको उद्धार

231
  •  
  •  
  •  

काठमाडौं । थाइल्याण्डको बैंककबाट १० जना नेपालीको उद्दार गरिएको छ । खाद्य तथा पेय पदार्थ बनाउने तालिमका लागि थाइल्याण्ड पुगेका १० प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फकाइएको नेपाली दूतावासले जनाएको छ ।

उनीहरु काठमाडौंको बागबजारमा रहेको कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत थाइल्याण्डको बैंकक पुगेका थिए ।

उनीहरुले सम्झौताअनुसार तालिम र सुविधा नपाएको भन्दै दूतावासमा निवेदन दिएका थिए । दूतावासले सोमबार विज्ञप्ति निकालेर उनीहरुमध्ये ३ जनालाई गएको बुधबार र ७ जनालाई शुक्रबार उद्धार गरेको जनाएको छ ।


  •  
  •  
  •