आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर हवाई उडान

357
  •  
  •  
  •  

ओखलढुंगा । काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान आजदेखि शुरु हुने भएको छ ।

हरेक साता संघीय राजधानी काठमाडौंबाट ओखलढुंगाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुन लागेको हो ।

रुम्जाटार विमानस्थल करीब तीन वर्षदेखि ठप्प रहेको थियो ।  विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले बताए ।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने विश्वास राखिएको छ ।

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए ।


  •  
  •  
  •