
काठमाडौं । आन्तरिक उडानको भाडा पनि बढेको छ । नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै वायु सेवा सञ्चालक सङ्घले हवाई भाडा बढाएको हो । बढेको भाडा बुधबारदेखि लागू हुनेछ ।
नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ । काठमाडौं–धनगढी रुटमा अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन पाउनेछन् । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा एक सय ७० रुपैयाँले बढेर अधिकतम चार हजार एक सय ९५ रुपैयाँ पुगेको छ । सरकारले आजै सार्वजनिक सवारी भाडा बढाएको थियो । गएराति आयल निगमले पेट्रोलियम पदार्थको भाडा बढाएको थियो ।