बहुमतका आधारमा संविधान बनाएर देखाऊः एमाओवादी

121
  •  
  •  
  •  

Communist_Party_of_Nepal_(Maoist)काठमाडौ, ५ बैशाख(ओएनएस) : एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले हिम्मत भए बहुमतबाट संविधान जारी गरी गरेर देखाउन सत्तापक्षी दलहरू कांग्रेस एमालेलाई चुनौति दिएका छन् ।

पार्टी केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सहमतिका लागि कांग्रेस-एमालेले अड्को थापिरहेको आरोप लगाएका छन् । बहुमतको आधारमा संविधानसभाबाट संविधान जारी हुनै नसक्ने ठोकुवा गर्दै शर्माले सहमतिका लागि तयार हुन नभए बहुमतको बाटो रोज्न चुनौति दिएका छन् ।

सत्तापक्षीय दलले सहमति गर्न नचाहेको र विवाद बल्झाउदै सत्तामा टिकिरहन खोजेको प्रवक्ता शर्माको भनाई छ ।


  •  
  •  
  •