‘काम गर्न नसक्ने मन्त्रीलाई फिर्ता बोलाऊ’

142
  •  
  •  
  •  

काठमाडौँ, १३ माघ(ओएनएस) : एकीकृत नेकपा माओवादीले आज आफ्ना पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुसँग छलफल गरेको छ । पार्टी स्थायी समिति सदस्य र मन्त्रीहरूकाबीचमा सरकारको कार्यशैलीलाई लिएर आज बिहान लामो अन्तरक्रिया भएको हो ।

छलफलमा स्थायी समिति सदस्यहरूले पार्टीबाट सहभागी मन्त्रीहरुले राम्रो काम गर्न नसकेको भन्दै काम गर्न नसक्ने मन्त्रीहरुलाई फिर्ता बोलाउनु पर्ने धारणा राखेका थिए । उनीहरूले सरकारको जनसरोकारको अधिकांश मन्त्रालयहरू गृह, उर्जा, शिक्षा, आपूर्ति जस्ता मन्त्रालय पार्टीको जिम्मामा रहे पनि अहिलेको अवस्थामा जनतालाई राहत दिन नसकेको भन्दै मन्त्रीहरुको क्षमतामा प्रश्न उठाएका थिए ।

स्थायी समिति सदस्यले लोडसेडिङ अन्त्यको लागि उर्जा संकटकाल लगाएर कार्यक्रम अघि बढाउने काम हुन नसकेको, मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र कालाबजारीप्रति मुकदर्शक बनेको भन्दै कडा आलोचना गरेका थिए ।


  •  
  •  
  •