एमाओवादीमा पार्टी एकताबारे छलफल

321
  •  
  •  
  •  

काठमाडौँ, १६ बैशाख(ओएनएस) : एमाओवादी स्थायी समितिको आज बसेको बैठकमा माओवादी पार्टीबीच एकताको विषयमा छलफल भएको छ ।

बिहीबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा पार्टी एकताका विषयमा छलफलका साथै सरकारका कामकारबाहीका सम्बन्धमा समेत प्रश्न उठाइएको थियो । बैठकमा नेताहरूले सरकारमा पार्टीबाट मन्त्री भएकाहरूले सन्तोषजनक काम गर्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकताका लागि एमाओवादीले छलफल चलाइरहेको छ ।

एमाओवादी बैठकमा पार्टी एकतासँगै समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ ।


  •  
  •  
  •