विभाजित सबै माओवादीसँग एकता गर्ने एमाओवादी निर्णय

186
  •  
  •  
  •  

काठमाडौँ, २९ बैशाख(ओएनएस) : एमाओवादीले विभाजित माओवादी पार्टीहरूसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ ।

बुधबार बसेको एमाओवादी स्थायी समितिको बैठकले विभाजित सबै माओवादीलाई एकै ठाउँमा ल्याउन प्रयत्न ग्ने निर्णय गरेको हो । बैठकले मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणी थापा नेतृत्वको माओवादी पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको हो ।

बैठकले वैद्य माओवादीसँगको एकतालाई अन्तिम रूप दिनका लागि जेठ १ गते पार्टी केन्द्रीय समितिको बैठक समेत बोलाएको छ । यस्तै, केन्द्रीय समितिको बैठकले आजको स्थायी समितिको निर्णय पनि अनुमोदन गर्नेछ ।

केही समय देखि दुवै पार्टीबीच एकताका लागि छलफल चलिरहेको छ । एमाओवादीका नेताहरू एकताको लागि एक मत देखिए पनि बैद्य माओवादीमा भने नेताहरु विभाजित छन्। महासिचव रामबहादुर थापा तुरुन्तै एकताको पक्षमा देखिएका छन् भने अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपि गजुरेल लगायत यसको विपक्षमा छन् ।


  •  
  •  
  •