एमालेमा पदाधिकारी एक दर्जनबढि हुने

272
  •  
  •  
  •  

काठमाडौं, २९ जेठ (ओएनएस) । नेकपा एमालेले आगामी महाधिवशेनबाट पदाधिकारी संख्या बढाउने तयारी गरेको छ । पार्टी अध्यक्ष झलनाथ खनाल नेतृत्वको विधान संशोधन सुझाव कार्यदलले पदाधिकारी संन्ख्या बढाउने प्रस्ताव तयार पारेको हो ।

नयाँ प्रस्तवअनुसार एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव रहने टुंगो लागेको छ । यसअघि अध्यक्ष, वरिष्ठ नेता, ३ उपाध्यक्ष, १ महासचिब, ३ सचिब रहने व्यवस्था थियो । नयाँ प्रस्ताव केन्द्रिय कमिटि र महाधिवेशनबाट पारित भए एमालेमा पदाधिकारीको संख्या एक दजर्नभन्दा बढि हुनेछ ।


  •  
  •  
  •