विधान परिमार्जन गर्न एमालेमा कमिटि गठन

121
  •  
  •  
  •  

काठमाडौं, २७ जेठ (ओएनएस) : नेकपा एमालेको मंगलबार बिहान बसेको केन्द्रिय कमिटि बैठकले विधान परिमार्जन लागि एक कमिटि गठन गरेको छ । पार्टी अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय विधान परिमार्जन कमिटि गठन गरिएको एमालेले जनाएको छ ।

सो कमिटिलाई बुधबारसम्म विधान परिमार्जन सहित सुझाव दिन भनिएको छ । कमिटिमा महासचिव इश्वर पोखरेल, सचिव युवराज ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल, नेता सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला,अष्टलक्ष्मी शाक्य लगायत रहेक छन् । मंगलबारै संविधानसभाको पनि बैठक बस्ने भएकाले बिहानै सुरु भएको केन्द्रिय कमिटि बैठक दिउँसो फरि बस्ने गरी स्थगित भएको छ । संविधानसभा बैठकपछि बैठक बस्ने एक नेताले जानकारी दिए ।

पार्टी सचिव तथा सङ्गठन विभागका प्रमुख युवराज ज्ञवालीले प्रस्तुत गरेकोे विधान संशोधन प्रस्तावमा अध्यक्ष, एक वरिष्ठ नेता, तीन उपाध्यक्ष, महासचिव, पाँच सचिवसहित ११ जनाको मुख्य कार्यसमिति र ८९ केन्द्रीय सदस्य र ३१ वैकल्पिक सदस्य हुने प्रस्तुत गरिएको छ ।


  •  
  •  
  •