३ दिने नेपाल बन्दमा एमाओवादीले सम्पूर्ण शक्ति खर्चने

107
  •  
  •  
  •  

maoist_buildingकाठमाडौं, १७ चैत (ओएनएस) : प्रमुख विपक्षी दल एमाओवादीले आगामी २४ देखि २६ गतेसम्म आह्वान गरिएको नेपाल बन्दमा सम्पूर्ण शक्ति खर्चने निर्णय गरेको छ ।

३० दलीय विपक्षी मोर्चाको नेतृत्व गरिहरेको एमाओवादीका केन्द्रीय सदस्य तथा पार्टीका सभासदहरुको छलफलपछि सत्तापक्षले वार्ताको नाममा आलटाल गर्दै पेल्न खोजेको निश्कर्ष निकाल्दै आन्दोनलाई सशक्त नाउने निर्णय गरेको हो ।

सोमबार विपक्षी मोर्चाले १९ गतेको नेपाल बन्दसहित २३ गते अघिका आन्दोलनलाई फिर्ता लिएपछि रणनीति तय गर्न एमाओवादीले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफल राखेको थियो । केन्द्रीय सदस्य र पार्टीसम्बद्ध सभासद्बीचको बैठकले पार्टीको सम्पूर्ण शक्ति प्रयोग गरी आन्दोलन सशक्त बनाउने निश्कर्ष निलको हो ।

बैठकपछि वरिष्ठ नेता डा. बाबुराम भट्टराइले भने, ‘काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्य तथा सभासद्सहितको बैठकले सत्तापक्षबाट वार्ताका नाममा आलटाल भएको निश्कर्ष निकाल्यो । ठोस जवाफ नआएसम्म वार्तामा नबस्ने निर्णयसमेत र आन्दोलनलाई शसक्त बनाउने समेत निर्णय गर्याे । ’

भट्टराइलेविपक्षसँग छलफलै नगरी संविधानसभा बैठक बोलाएकोले सत्तापक्षले विपक्षीलाई वास्ता नगरेको बताए । माओवादीले २३ देखि २६ सम्मको आन्दोलनलाई सफल बनाउन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता परिचालन गर्ने तथा २३ गते साँझ मासल जुलुस समेत गर्ने निर्णय गरेको छ ।


  •  
  •  
  •