भट्टराई पक्षीय नेतामाथी गरिएको कार्वाही फीर्ता

153
  •  
  •  
  •  

काठमडौं, ३१ साउन (ओएनएस) :  एकीकृत नेकपा(माओवादी)ले पार्टीको सम्पूर्ण ध्यान संविधान निर्माणमा लगाउने भएको छ । लामो समयदेखि आन्तरिक विबादमा फसेको माओवादीले मुलुकको आवश्यकता र जनताको चाहना अनुसार संविधान लेखन प्रक्रियालाई प्राथमिकतामा राख्ने बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित नियमित पत्रकार सम्मेलनमा एमाओवादी प्रवक्ता दीनानाथ शर्माले संविधान निर्माणलाई मुख्य प्राथमिकतामा राखेको बताएका हुन् । उनले स्थायी समितिको बैठकले वरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षीय नेतामाथि गरिएको कारबाही समेत फिर्ता लिइने बताए ।

केन्द्रीय समितिको बैठक मार्फत पार्टी भीत्रका समस्या समाधान गरी संविधान निर्माणमा सम्पूर्ण ध्यान लगाउने प्रवक्ता शर्माले बताए । एमाओवादीले मुलुकभर बाढीपहिरोका कारण जनधनको क्षति रोक्न र पीडितको उद्धार र राहत कार्यमा सोचेजति ध्यान नदिएको आरोप लगाएको छ ।


  •  
  •  
  •