संसद् अबरोध गर्ने एमाओवादीको तयारी

273
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (ओनएस)  : पेश्की खर्च विधेयक पारित गर्दा भएको सहमति कार्यान्वयन नभएको भन्दै प्रमुख प्रतिपक्ष दल एकीकृत माओवादीले व्यवस्थापिका संसद् अबरुद्ध गर्ने तयारी गरेको छ । संसदमा बिहीबारदेखी सुरु हुने भनिएको बिनियोजन विधेयकमाथिको छलफल अबरुद्ध गर्ने उसको तयारी छ ।

पूर्व प्रतिबद्धताअनुसार विकास योजना समावेश गरिएको रातो किताब नछापिएको भन्दै एमाओवादीले सदन चल्न नदिने बताएको छ । एमाओवादी मुख्य सचेतक गीरिराजमणि पोख्रेलले पूर्वसहमति कार्यान्वयन नभई बिनियोजन विधेयकमाथिको छलफल सुचारु हुन नसक्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सदन अबरुद्ध गर्दा नराम्रो सन्देश जाने भन्दै गत १६ गतेदेखी हुने भनिएको छलफल बिहिबारसम्मका लागि सारिएको थियो । समयमै रातो किताव नछापिँदा बजेट सार्बजानिक भएको २५ दिन पुगिसक्दासमेत बजेटमाथिको छलफल सुरु हुन सकेको छैन् ।

बिनियोजन विधेयकमाथिको छलफल लम्बिएर समयमै बजेट पारित नहुँदा विकास कार्यक्रम प्रभावित हुने अर्थविद्हरूले बताएका छन् । अर्थमन्त्री डा रामशरण महत देश बाहिर रहेका कारण उनी स्वदेश नफर्कदा सम्म बिनियोजन बिधेयकमाथिको छलफल सुरु हुने संभावना कम रहेको संसद सचिवालय स्रोतले जनायो ।  अर्थमन्त्री महत पाँचदिने भ्रमणका शिलशिलामा बुधवार चीन गएका छन् ।


  •  
  •  
  •