भारतसँग पिटिए गर्नुपर्ने एमाओवादी निश्कर्ष

118
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस) :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा गर्ने भनिएको उर्जा व्यापार सम्झौता (पिटिए) गर्न एमओवादी सहमत भएको छ । सरकारले योे सम्झौतामा राष्ट्रिय सहमति कायम गर्ने प्रयास गरिरहेका बेला एमाओवादीको स्थायी समितिको बिहीबार बसेको स्थायी समिति बैठकले यस्तो सम्झौता गर्ने निर्णय गरेको छ ।

dahal

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा भएको बैठकमा भारतसँग पिटिए गर्ने निर्णय गरेको एमाओवादी स्रोतले जानकारी दिएको छ ।
बैठकले भारतसँग उर्जा व्यापार सम्झौता गरी लगानीको वातावरण बनाउने ठहर गरेको स्रोतले बतायो । बैठकमा एमाओवादी उपाध्यक्ष एवं तीन दलीय कार्यदलका सदस्य नारायणकाजी श्रेष्ठले उर्जा ब्यापार सम्झौताको तयारीबारे ब्रिफिङ गरेका थिए । श्रेष्ठको ब्रिफिङपछि बैठकले जलविद्युत आयोजनालाई अलग गरेर विद्युत व्यापार सम्झौतामात्रै गर्दा फरक नपर्ने निश्कर्ष निकालेको स्रोतले बतायो । ‘


  •  
  •  
  •