बाबुरामलाई बोकेर पोखरा किन गए दाहाल ?

153
  •  
  •  
  •  

पोखरा, २८ जेठ (ओएनएस) । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कुनै सैद्धान्तिक विबाद नभएको बताएका छन् । पार्टी भीत्र विबाद नभए पनि केही व्यक्तीले माओवादीमा विबाद छ भनेर अनावश्यक प्रचार गरेको उनको दावी छ ।

पश्चिमाञ्चल क्षेत्रका १० जिल्लाका नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउन पोखरा पुगेका दाहालले पार्टीभित्र कुनै पनि विबाद नभएको दावी गरेका हुन् । उनले पार्टीलाइ चुस्त बनाउन प्रभावकारी अभियान संचालन गर्ने बताए ।
सोही कार्यक्रममा नेता डा बावुराम भट्टराइले भने पार्टीमा ब्यापक सुधार आवश्यक रहेको बताए । पार्टीभित्र विबाद बढेको समयमा बरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्षहरु नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिव कृष्णबहादुर महरासंगै स्थायी समिति सदस्य नन्दकिशोर पुन पोखरा पुगेका हुन् । प्रशिक्षणमा तमुवानका ८ जिल्ला र मगरातका दुई जिल्ला गरी १० जिल्लाका झण्डै ७ सय नेताहरुको सहभागीता रहने जनाइएको छ ।


  •  
  •  
  •