बाबुरामको जिल्लामा माओवादीको समानान्तर कमिटि

175
  •  
  •  
  •  

Baburamगोरखा, १० साउन (ओएनएस) : जिल्लामा देखिएको विबाद सुल्झाउन केन्द्रमा गठन भएको समिति क्रिर्याशील नहुदै गोरखा जिल्लामा एकीकृत माओवादीको समानान्तर समिति गठन भएको छ । माओवादी बरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षले शनिवार समानान्तर कमिटि गठन गरेको हो ।

शनिवार पत्रकार सम्मेलन गरि भट्टराइ पक्षले यानप्रसाद भट्टको अध्यक्ष्तामा समानान्तर कमिटि गठन गरेको हो । उपाध्यक्षमा पूर्व सभासद् ज्ञानन्द्र कुमाल र सचिवमा रमेश पोखरेल छन् । अध्यक्ष भट्टले आफू नै आधिकारीक अध्यक्ष रहेको पत्रकार सम्म्लनमा दावी गरे ।

आन्तरिक विबाद बढ्दै गएपछि भट्टराइ पक्षले अन्य जिल्लमा पनि समानान्तर समिति गठन गरेको थियो । यसअघि विभिन्न जिल्लाहरुमा देखिएका संगठनात्मक समस्याहरुको बारे यथार्थता अध्ययन गर्न तथा समाधान गर्न एमाओवादी स्थाइ समितिले सचिव बर्षमान पुन ‘अनन्त’को नेतृत्वमा देवेन्द्र पौडेल र विश्वभक्त दुलाल रहेको समिति गठन गरेको थियो ।


  •  
  •  
  •