सहमतिको संभावना कमजोर भएको भन्दै आन्दोलन गर्ने एमाओवादीको निर्णय

159
  •  
  •  
  •  

काठमाडौं, १४ पुस (ओएनएस) : एकीकृत नेकपा (माओवादी) ले सहमतिको संभावना कमजोर भएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ ।

केन्द्रीय समितिको सोमबारको बैठकCommunist_Party_of_Nepal_(Maoist)ले संविधानका जारी गर्नको लागि सहमतिको प्रयास कमजोर भएको भन्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय समितिको बैठकले प्रवक्ता दीनानाथ शर्माले भने ‘नेपाली काँग्रेस पुरानो संसदीय प्रणाली भन्दा दायाँबायाँ गर्न नसक्ने, एमाले पहिचान, समावेसी र समानुपातिका बारेमा सुन्न नचाहने भएकाले सहमतिमा माघ ८ गतेभित्र संविधान जारी नहुने भयो ।’

सत्तारुढ काँग्रेस र एमाले अन्य दललाई पेलेर जाने पक्षमा देखिएकाले आफूहरु जनताकाबीचमा जानुको विकल्प नरहेको प्रवक्ता शर्माको भनाई थियो । आन्दोलन सञ्चालन गर्नका लागि केन्द्रीय आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय भएको छ । मंगलबार केन्द्रीय कार्यालयमा बसेर केन्द्रीय आन्दोलन परिचालन समितिको गठन गरिनेछ ।

बैठकले काँग्रेस र एमाले सहमतिबाट संविधान जारी गर्ने पक्षमा नरहेको निश्कर्ष निकालेको प्रवक्ता दिनानाथ शर्माको भनाई थियो । ‘सहमतिको आधारमा संविधान बनाए राष्ट्रको लागि उपलब्धी हुन्छ भन्ने हाम्रो पार्टीले ठानेको छ, ‘ शर्माले भने ।

बैठकमा संविधान र आन्दोलनका बिषयमा २० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेको राखेका थिए । केन्द्रीय सदस्यहरुले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पहिलेको अडानमा रहनुपर्ने सुझाव दिएका थिए । शर्माले भने ‘राज्य पुनर्संरचना सन्दर्भमा पहिले हामीले राखेका प्रदेश मै जानुपर्छ र १० प्रदेशमा पनि लचिलोरुपमा पेस हुन सकिन्छ भन्ने तर्क आयो ।’

तर जनताका समावेसी र समानुपातिक प्रतिनिधित्वलाई संविधानमा समाबेश गर्नुपर्छ भन्ने केन्द्रीय सदस्यहरुले राख्नुभएको प्रवक्ता शर्माको भनाई थियो ।

बैठकको अन्त्यमा अध्यक्ष प्रचण्डले ४ दलका शीर्ष नेताहरुको छलफलका बारेमा आफ्ना भनाई राखेका थिए । अध्यक्ष प्रचण्डले सरकारमा रहेका काँग्रेस र एमालेका नेताहरु सहमतिका आधारमा माघ ८ गते संविधान बनाउन तयार नभएको भनि केन्द्रीय समितिलाई जानकारी गराएका थिए ।

जिल्लामा जिल्ला इन्चार्जको जिल्ला आन्दोलन परिचालन तथा समन्वय समिति गठन गर्ने भन्ने अर्को निर्णय भएको प्रवक्ता शर्माको भनाई थियो । उनले आन्दोलनको स्वरुप यथावत रहेको बताए । पार्टीको आगामी बैठक माघ १५ गते बस्ने छ । माघ १५ गतेबाट अध्यक्षको प्रतिवेदनमाथिको छलफल सुरु हुने बताईएको छ ।


  •  
  •  
  •