उच्च अदालतका १७ न्यायाधीशले लिए सपथ

392
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : उच्च अदालतमा सिफारिस १७ न्यायाधीशले सपथ लिएका छन् ।
न्याय परिषद्द्वारा उच्च अदालतमा सिफारिस १८ मध्ये १७ न्यायाधीशले बुधबार सर्वाेच्च अदालतमा पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको उपस्थितीमा न्यायाधीशहरुलाई मुख्य न्यायाधीशले सपथ गराएका थिए ।
सपथ ग्रहणपछि उच्च अदालतका न्यायाधीश १ महिनाको तालिम लिएर कार्यक्षेत्रमा जानेछन् ।

यस्तै उच्च अदालत विराटनगरमा सिफारिस अधिवक्ता अञ्जु उप्रेती ढकाललाई भने वैशाख ३ गते सपथ गराइने जनाइएको छ । अञ्जुलाई न्यायाधीश उमेशराज पौडेलको ठाउँमा नियुक्तिका लागि सिफारिस गरिएको हो । पौडेल वैशाख ३ बाट सेवा निवृत्त हुँदैछन् ।

न्याय परिषद्ले चैत १९ गते सर्वाेच्चमा ५ र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिस गरेको थियो ।
सर्वाेच्चमा सिफारिस न्यायाधीशको भने संसदीय सुनुवाइ पछि सपथ हुने जनाइएको छ ।


  •  
  •  
  •