एसीसी यू–१६ः नेपाललाई लगातार दोस्रो पटक उपाधि

574
  •  
  •  
  •  

काठमाडौं, १५ वैशाख(ओएनएस) : नेपालले एसिसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि जितेको छ । नेपालले मलेसियालाई ५९ रनले पराजित गर्दै दोस्रो उपाधि जितेको हो ।

पहिले टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाउँदै एक सय ४० रनको चुनौती दिएको थियो ।
नेपालले २० रनमै पहिलो विकेट गुमाएको थियो ।  नेपालले ३३ रन जोडेको अवस्थामा तीन विकेट गुमायो। सुशान्त थापा ५ रनमा आउट हुँदा आशीष भट्टराई २ र दीपक बोहोरा २३ रनमा पेभेलियन फर्किएका थिए ।
नेपालका कप्तान विशाल विक्रम केसी १७ रनमै आउट भएका थिए ।

६८ रन जोडेको अवस्थामा नेपालले ४ विकेट गुमाएको थियो । नेपालले १ सय २२ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो ।

क्रिस कार्की ९ रनमै आउट हुँदा निखिलकुमार सिंह १३ रनमा पेभेलियन फर्किएका थिए ।
नेपाल १२१ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो ।

नेपालले मलेसियालाई १ सय ४१ को चुनौती दिएको थियो । तर, नेपालले दिएको चुनौती पछ्याएको मलेसिया ३४ ओभर ५ बलमा ८१ रन बनाउँदा अलआउट भयो ।

मलेसियाका तीन खेलाडीले मात्रै दोहोरो स्कोर गरेका थिए । मलेसियाले ९ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो ।
किशनकुमार खाता नखोली बाहिरिए । टिमको स्कोर २२ भएको अवस्थामा सिद्धार्थ कार्तिक ४ रनमा पेभेलियन गए । त्यसपछि वान मुहम्मद अजाम १६ रनमै पेभेलियन फर्किएका थिए । आठौं विकेटका लागि मुहम्मद हाजिक र जितेन्द्र मुर्लेले २८ रनको साझेदारी गरे । तर, हाजिक १८ रनमा पेभेलियन गएपछि नेपाल जिततर्फ उन्मुख भयो ।
बलिङतर्फ नेपालका विशालकुमार पटेलले ४ र दीपक बोहोराले ३ विकेट लिएका थिए ।


  •  
  •  
  •