अलपत्र नेपालीको उद्वार शुरु

101
  •  
  •  
  •  

यूएई । रोजगारका निम्ति यूएई आबुधाबी पुगेर अलपत्र भएका नेपालीहरुको उद्वार प्रक्रिया प्रकृया शुरु गरिएको छ ।
समस्यामा परेका नेपाली कामदारलाई आबुधाबीमा रहेको नेपाली दूतावास र स्थानीय अदालतको सहकार्यमा उद्धार गर्न शुरु गरिएको हो ।

नेपाली दूतावासका अनुसार बुधबारसम्म १ सय २० जना नेपालीलाई उद्धार गरेर नेपाल फर्काइएको छ ।
आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् कम्पनीमा कार्यरत पुरुष महिला गरी झण्डै २ सय ५० जना नेपाली कामदार कम्पनीको लापरवाहीका कारण समस्यामा परेका थिए ।

उक्त कम्पनीमा नेपालीसहित ६ सय भन्दा धेरै कामदार अहिले समस्यामा छन् । काम गरेवापत ६ महिनासम्म तलब नदिएको र भिसा नविकरण नगरिदिएकोले कामदार समस्यामा परेका हुन् ।

अहिले पुरुष कामदारलाई नेपाल पठाए पनि आइतबारदेखि महिला कामदारलाई पनि नेपाल पठाइने नेपाली दूतावासले जनाएको छ ।


  •  
  •  
  •