नेपाली कामदारलाई यूएई प्रवेश खुला

81
  •  
  •  
  •  

काठमाडौं : यूएईले नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । खालिज टाइम्सका अनुसार यूएईले विश्वका सबै मुलुकका नागरिकहरुका लागि शसर्त रोजगार, भ्रमण  र पारिवारिक भिसा खुला गरेको हाे ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको र दर कम भएपछि रात्रीकालीन मनोरञ्जका क्षेत्रमा पनि खुकुलो बनाएको यूएईले आर्थिक गतिविधिमा पनि तिव्रता ल्याउन लागेको बताइएको छ ।

नेपालसहित भारत, लाइबेरिया, नामिविया, नाइजेरिया, पाकिस्तान, सियरा, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा लामो समयदेखि रोक लगाएको यूएईले हाल प्रतिबन्ध फुकुवा गरिसकेको छ ।

मोडेर्ना, फाइजर बायोन्टेक, जोनसन एन्ड जोन्सन, अक्सफोर्ड एस्ट्राजेनेका, कोभिशील्ड, सिनोफार्म र सिनोभ्याक खोपलाई मान्यता दिएको यूएईले आफ्नो मुलुक यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र यूएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसीए डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त भने तोकेको छ ।


  •  
  •  
  •