यूएईमा एउटै कम्पनीमा कार्यरत २४ सय ७९ नेपालीले गुमाए रोजगार

292
  •  
  •  
  •  

काठमाडौं । यूएईको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ नेपाली श्रमिकको एकैपटक रोजगारी गुमेको छ । कोरोना भाइरसको कारण काम बन्द हुँदा यूएईमा राम्रो मानिएको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ जना नेपालीको रोजगार गुमेको हो ।

यो कम्पनीले यूएईका विभिन्न राज्यमा क्लिनर, सेक्युरिटी, हस्पिटालिटी लगायतका क्षेत्रमा आउटसोर्सिङ गरे कामदार सप्लाई गर्छ ।

कम्पनीले एकैपटक उनीहरुको श्रम सम्झौता अन्त्य गरेपछि नेपालीले रोजगारी गुमाउने अवस्था आएको हो । रोजगारी गुमाएका कामदारहरुले युएईस्थित नेपाली दूतावासमा आफ्ना समस्या जानकारी गराएको बताइएको छ ।

कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल पठाउने प्रस्ताव गरेको भन्दै दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी पठाएको बताइएको छ । रोजगारी गुमाएका उनीहरुलाई खान बस्न कम्पनीले दिएपनि घर फर्किन नपाउँदा समस्या हुने नेपालीहरुको भनाइ छ ।

खाडी मुलुकहरुमा लकडाउन खुकुलो भएपछि पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । संक्रमितहरुको संख्या बढेपछि खाडी क्षेत्रका मुलुकहरु विदेशी कामदारको संख्या घटाउनु पर्ने मान्यतामा पुगेका छन् ।


  •  
  •  
  •