यु १९ एसिया कपः नेपाल श्रीलंकासँग १ रनले पराजित

100
  •  
  •  
  •  

काठमाडौँ, ३० मंसिर (ओएनएस) :  यु–१९ य एसिया कपमा नेपाल टेस्ट राष्ट्र श्रीलंकासँग १ रनले पराजित भएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित नोडेस्क्रिप्ट्स क्रिकेट मैदानमा भएको खेलमा नेपाल ४९.३ ओभरमा आफ्ना सबै विकेट गुमाउदै २ सय २६ रनमा समेटियो ।
श्रीलंकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ९० रन बनाएका थिए । उनले ९९ बल खेले ।  श्रीलंकाका प्रविन जयविकर्माले ऐरीलाई एलबिडब्ल्यु धरापमा पारेसँगै नेपालको सबै विकेट सकियो । र,  श्रीलंका विजयी बन्याे ।

यसअघि ब्याटिङ गरेको श्रीलंकालेले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो ।

 


  •  
  •  
  •